५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


अर्थतन्त्रमा घरेलु तथा साना व्यवसायको योगदान उच्च : गर्भनर


0
Shares

काठमाडौं, असार ७ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रियामा संसार भरि नै एमएसएमईज र एसएमइजको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले त झण्डै ९९ प्रतिशत अर्थतन्त्रमा योगदान रहेको उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा प्राथमिकता दिंदै आएको छ ।

उहाँले गत साल १५ लाख बढी साना व्यवसायी लगभग ४२ हजारका दरले पुनकर्जा पाएको जानकारी दिनभयो ।

अहिले ऋणको आकार ४१ खर्ब जानकारी पनि गर्भनर अधिकारीले दिनुभयो ।

महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीहरुले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिनुभयो ।