
उदयपुर, असोज ७ । उदयपुर जिल्ला प्रशासन कार्यलयले केहि सेवामा सहज बनाउदै थप एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।
कोभिड रोकथाम तथा नियन्त्रण समितिको सोमबार बसेको बठकले असार १४ गते राति १२ बजे सम्मका लागि अत्यावश्यकिय सेवामा सहज बनाउदैं निषेधाज्ञा थप गरेको हो ।
जारी निषेधाज्ञामा स्वास्थ्य मापदण्ड पूर्णपालना गर्दै पसल बिहान ६ देखि बेलुका ६ बजेसम्मका लागि संचालन गर्न पाइने छ ।
बैंक, बित्तिय संस्था, निजी सवारी साधन, खाद्यान्न तथा अन्य ढुवानी सेवा जिल्ला भित्र संचालन गर्न पाइने छ ।
निषेधाज्ञाभर सार्वजनिक यातायात, शैक्षिक संस्था, निजी कार्यलय, होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, सैलुन तथा ब्युटिपार्लर, हाट बजार, मेला भने रोक लगाएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्