५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


‘क्लबहाउस’मा प्रहरीको फोटो दुरुपयोग गर्ने एक जना पक्राउ


0
Shares

काठमाडौं, असार ८ । सामाजिक सञ्जाल ‘क्लबहाउस’ मा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर, चाँगुनारायण नगरपालिका खरीबोटका २० वर्षीय इसान लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

साईवर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले क्लबहाउसमा प्रहरीको युनिफर्म सहितको फोटो दुरुपयोग गरी ‘वपन सोसल रुम’ बनाएकोमा आरोपमा लामिछानेलाई पक्राउ गरिएको जनाएको छ ।

साथै प्रहरी अधिकृतको नाम लगायतका विवरण समावेश गरी फेक आईटी बनाएर नेपाल प्रहरीका कर्मचारीहरूको छविमा नकारात्मक प्रभाव पार्ने काम गरेको र प्रहरी संगठनको छवि धमिल्याएको जनाएको छ ।

काठमाण्डौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि लामिछाने माथि अनुसन्धान भइरहेको जनाएको छ।