१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


पछिल्लो २४ घण्टामा ४५२२ संक्रमित, ४९५४ संक्रमणमुक्त, ४१ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार ८ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५२२ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको भने ४ हजार ७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा कूल १६ हजार ९ सय १३ नमूना परीक्षण गरिएको थियो ।

देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोनाबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।