
तस्विर फाइल
काठमाडौं, असार ८ । सत्तारुढ दल नेकपा एमालेले मन्त्रिपरिषद् विस्तारविरुद्ध अदालतले जारी गरेको अन्तरिम आदेशको फैसलालाई अप्रत्यासित भनेको छ ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् विस्तार सम्बन्धमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी हुनुलाई अप्रत्यासित भन्दै त्यसले राष्ट्रिय राजनीतिलाई झन् जटिल बनाउने टिप्पणी गर्नुभएको हो ।
सर्वोच्च अदालतले गत जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेपछि सत्तारुढ दल नेकपा एमालेले यस्तो प्रतिक्रिया दिएको हो ।
अदालतको आदेशलाई एमालेले सधैं मानेको भन्दै ज्ञवालीले पछिल्लो आदेश सम्बन्धमा पार्टीमा थप छलफल गर्ने र फैसलाले ल्याउने जटिलताबारे विमर्श हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्