
काठमाडौं, असार ८ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले पनि मन्त्रिमण्डल विस्तारलाई अवैधानिक भन्ने सर्वोच्च अदालतको आदेशले राजनीतिक अवस्थालाई थप जटिल र विकृत बनाउने प्रतिक्रिया दिएका छन् ।
अदालतको आदेशबाट मन्त्रीबाट पदमुक्त हुनु भएका जसपा नेता लक्ष्मणलाल कर्णले मन्त्रिमण्डल विस्तार बदर गर्ने सर्वोच्चको आदेशलाई स्वीकार गर्ने भन्दै तर त्यसले राजनीतिक विकृत बढाउने बताउनु भएको हो ।
अदालतको आदेशका कारण प्रधानमन्त्री ओलीसंगको सहकार्यमा कुनै समस्या नआउने भन्दै नेता कर्णले आदेशले राजनीतिक समस्या समाधान नहुने पनि बताउनुभयो ।
पार्टीभित्र उपेन्द्र यादव र डा. वावुराम भट्टराई पक्षको विरोधकाबीच जसपाको ठाकुर र महतो पक्ष सरकारमा सहभागि भएको थियो ।
सरकारमा सहभागिताको विषयलाई लिएर जसपामा आन्तरिक संघर्ष चर्किएको थियो ।
प्रतिक्रिया दिनुहोस्