
काठमाडौं, कात्तिक २९ । ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योतीविरुद्ध मुद्दा नचलाइने भएको छ ।
प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकीलको कार्यालयमा प्रतिवेदन पेश गरेको भए पनि जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेको हो ।
ईमेज खबरसँग कुरा गर्दै जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले ठगीमा परेको भनिएका पीडितले आफुले पाउनुपर्ने रकम पाइसकेको निवेदन दिएकाले मुद्दा नचलाउने निर्णय गरिएको जानकारी दिए ।
उद्योगी ज्योतीलाई रिहा गर्न प्रहरीलाई पत्राचार गरिसकेको जानकारी पनि उनले दिए ।
यही कात्तिक २१ गते सिंगापुरबाट काठमाडौं फर्कने क्रममा उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले ०७५ मंसिर २० गते ज्योतिको नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्