२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्वोच्चको फैसलापछि योगेश भट्टराईको टिप्पणी : बुझ्‍नेलाई श्रीखण्ड नबुझ्‍नेलाई खुर्पाको बिँड


0
Shares

काठमाडौं, असार ८ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले नवनियुक्त मन्त्रीहरुको पदमुक्त गर्नुलाई पार्टीको एकतासँग जोडेर आफ्नो धारणा सामाजिक संजाल मार्फत सार्वजनिक गर्नुभएको छ ।

भट्टराईले सर्वोच्चको पछिल्लो फैसलालाई एमाले एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्ने बताउनुभएको हो ।

‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त,’ भट्टराईले लेख्नुभएको छ, ‘एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।’