
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान पुनः सुरु गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि वायुसेवा कम्पनीलाई सीमित तथा सुरक्षित गन्तव्यमा ५० प्रतिशत क्षमतामा उडान गर्ने निर्णय गरिएको नागरिक उड्डयन सचिव यादव प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
कारोनाको संक्रमण कम हुँदै गएका स्थानमा आवश्यकता अनुसार गन्तव्य खुला गर्दै जाने मन्त्रालयले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणले उडान समय तालिका र उडान संख्या निश्चित गरिदिए लगत्तै आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यती, सौर्य, सीता, समिट, तारा, गुण लगायत वायुसेवा कम्पनीले टिकट बिक्री सुरु गर्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्