१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एडिए र आउटरिचबिच सम्झौता


0
Shares

काठमाडौं, असार ९ । एडिएले आउटरिच नेपालसँग साझेदारी गर्दै नेपालमा अन्तर्राष्ट्रिय र स्थानीय दुवै ब्राण्डहरु लक्षित डाटा ड्रिभन मार्केटिङ प्रवद्र्धन अभ्यासको थालनी गर्ने भएको छ ।

दक्षिण र दक्षिण पूर्वी एशियामा पहिलेदेखि नै प्रभावकारी रुपमा संचालित एडिए डाटा ड्रिभन इन्टिग्रेटेड डिजिटल मार्केटिङ सोलुसन प्रोभाइडर संस्था हो ।

सो संस्थाले विभिन्न प्रकारका ब्राण्डहरुका लागि बृहत्तर डिजिटल प्रचार अभियानको डिजाइन एवं कार्यान्वयन गर्ने गर्दछ ।

एडिएले आफ्नो डाटा ड्रिभन एप्रोचकोसाथ ३७५ मिलियन ग्राहकलाई उनीहरुको डिजिटल विज्ञता प्रदान गर्दै आइरहेको छ ।

आउटरिच नेपाल, नेपालमा सर्वाधिक पुरस्कृत विज्ञापन एजेन्सी हो ।

यो एजेन्सीले सन् २००३ देखि विभिन्न ब्राण्डहरुका लागि सिर्जनात्मक विज्ञापन अभियानहरुमा काम गर्दै आइरहेको छ ।

यो साझेदारीबाट आउटरिचलाई बिजनेस इन्साइट, डाटा इन्रििचमेन्ट र एडभान्स एनलाइटिक्सको प्रयोगलेउपभोक्ताहरुको मानसिकता बुझ्न र डिजाइन डाटा ड्रिभन क्रिएटिभ मार्केटिङ स्ट्राटेजिज तय गर्न मद्दत पुग्नेछ ।

साझेदारीका क्रममा आउटरिच नेपालका संस्थापक प्रबन्ध निर्देशक उजय शाक्यले आफूहरु नेपालमा इन्नोभेटिभ एडभर्टाइजिङ्ग र ब्राण्ड मार्केटिङ प्राक्टिस सुचारु गर्नेे एजेन्सी भएकोमा गर्व गर्ने बताउनुभयो ।