
काठमाडौं, असार ९ । निर्वाचन आयोगमा जीवन राई अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ ।
चुनाव चिन्ह कलम पाएको सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जीवन राईको नेतृत्वमा सो दल दर्ता भएको हो ।
गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो ।
सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।
प्रतिक्रिया दिनुहोस्