१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी कपिलवस्तु ग्लोबल अभियान, बेल्जियममा बन्यो नयाँ कार्यकारी बोर्ड


26
Shares

काठमाडौं, असार ९ । लुम्बिनी कपिलवस्तु ग्लोबल अभियान, बेल्जियमको नयाँ कार्यकारी बोर्ड गठन भएको छ ।
बेल्जियमको विल्सेलस्थित कम्युनिटी सेन्ट्रर, बोस्ट्रराटमा सम्पन्न ग्लोबल अभियानको ५ औं महासभाले डा. राजेन्द्र बारीको अध्यक्षतामा नौं सदस्यीय बोर्ड चयन गरेको हो ।

नव गठित बोर्डको उपाध्यक्ष योगिता थापा, महासचिव रश्मी निरौला, सचिव महेन्द्र भटट्राई, कोषाध्यक्ष मैया नेपाल हुनुहुन्छ । सदस्यहरुमा अनिल थापा, दिपक राउत, रीता रौजर्स र श्याम शर्मा रहनुभएको छ ।

सल्लाहकार समितिमा जानकी गुरुङ्ग, रजनी प्रधान, रवीन्द्रमान श्रेष्ठ, गंगाधर गौतम, सुरेन्द्र भुषाल, रोमी गिरी, डा. आयाषा उप्रेती र अनिता लामा हुनुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि युरोपियन युनियनका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारीले लुम्बिनी कपिलवस्तु क्षेत्र विश्व शान्तिका महत्वपूर्ण भएको भन्दै अभियानलाई साथ दिन विश्वको विभिन्न देशमा रहेका नेपालीलाई आग्रह गर्नुभयो ।

अध्यक्ष बारीले विश्वस्तरमा बुद्ध वाणी र शान्ति प्रवर्धन गर्ने बताउनुभयो । लुम्बिनी कपिलवस्तु ग्लोबल अभियानले लुम्बिनी क्षेत्रलाई विश्वको शान्ति शहरका रुपमा विकास गर्ने उद्देश्यले विश्वमा अभियान संचालन गर्दे आएको छ ।

बौद्ध धर्मलाई जीवन पद्धति बनाई लुम्बिनीलाई सबैको साझा शान्ति क्षेत्रका रुपमा विकास गर्ने अभियानले जनाएको छ ।