२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


यौन सम्पर्क राख्न नदिएपछि हत्या गरेको सन्तोषीका हत्या अभियोगीको स्वीकारोक्ति


0
Shares

काठमाडौं, असार १० । चराचुरुंगीको आवाज निकालेर चर्चामा रहेकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक युवा पक्राउ परेका छन् ।

काठमाडौंको दक्षिणकालीबाट बुधबार पक्राउ पर्ने एक बसका सहयोगी २८ वर्षीय सुरेश तिमिल्सेना भएको प्रहरीले जनाएको छ । आरोपी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १४ को भएको जनाइएको छ ।

मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा मृत फेला परेकी सन्तोषीको हत्यामा तिमिल्सेना संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो ।

काठमाडौंको कालोपुलमा धनबहादुर तामाङकी धर्मछोरी बनेर १७ वर्षदेखि बस्दै बस्दै आएकी सन्तोषी ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएको र फर्पिङ पुगेर होटेलमा बसेको प्रहरीको भनाइ छ ।

त्यहीँ बसेर चिया खाने क्रममा उनको ६ गते सुरेशसँग भेट भएकी सन्तोषीलाई तिमिल्सिनाले खाना र सुत्ने व्यवस्था मिलाइदिने आश्वासन दिएर बलात्कारको प्रयास गरेको तर उनले नमानेपछि हत्या गरेको प्रहरीको भनाइ छ ।

बलात्कारको प्रयासको सुब्बाले प्रतिकार गरेपछि घाँटी थिची उनैको सलले घाँटीमा बेरेर हत्या गरेर ढुंगाले अनुहारमा प्रहार गरी अभियोगी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले सुरेशको कोठाबाट सन्तोषीले प्रयोग गर्दै आएको मोबाइलसमेत बरामद गरेको छ ।