
काठमाडौं, असार १० । नेपाली बजारमा सुनको मूल्य २ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको हो ।
बिहीवार छापावाला सुन ९० हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
तेजाबी सुन भने मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार भने छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्