२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


संसदीय सुनुवाइविना संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त


0
Shares

bidhya bhandari

काठमाडौं, असार १० । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्नुभएको छ ।

संवैधानिक परिषद्ले सिफारिश गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइविना नै नियुक्त गरिएको हो ।

जसअनुसार लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई नियुक्त गरिएको छ । संवैधानिक परिषद्ले वैशाख २७ गते २० पदाधिकारीलाई विभिन्न पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो ।

संविधानतः संसदिय सुनुवाई गरिनुपर्ने भए पनि हाल संसद विघटित अवस्थामा रहेकाले परिषदले सिफारिश गरेका व्यक्तिहरु स्वतः नियुक्त भएका हुन् ।