२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेप्से १७ अंकले घट्यो


0
Shares

काठमाडौं, असार १० । नेप्से परिसुचक घट्नेक्रम जारी छ ।

सेयर बजारमा कारोबार रकम पनि निरन्तररुपमा घटिरहेको छ । बिहीबार सेयर बजार परिसुचक नेप्से १६.९६ अंकले घट्दै २८ सय ४३ अंकको विन्दुमा पुगेको छ ।

२१९ कम्पनीको सेयर कारोबार भएको नेप्सेमा १ करोड ३२ लाख २० हजार ३६९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसवाट ७ अर्व ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

क वर्गका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१७ अंकले घट्दै ५२५.६४ अंकको विन्दुमा कारोवार वन्द भएको छ ।

त्यस्तै १३ वटा समूहगत परिसुचाङ्क मध्ये २ वटा वाहेक अन्य सूचाङ्कमा गिरावट आएको छ । होटल तथा पर्यटन समूहका कम्पनीको सूचाङ्क ४१.६९ अंक र जलविद्युत समूहको ५५.७६ अंक बढेका छन् ।

बिहीबार सबैभन्दा धेरै जीवन बीमा समूहको कारोवार १७७.२४ अंक, नीर्जीवन बीमा समूहको १४३.८८ अंक, विकास बैंक समूहको ७२.७३ अंक, उत्पादनमूलुक समूहको सुचाङ्क ४१.२३ अंक, वित्त समूहको ४९.५८ अंकले घटेका छन् ।

माथिल्लो तामाकोशीका लगानीकर्ताले सबैभन्दा ९.८८ प्रतिशत कमाएका छन् भने छिमेक लघुवित्त बिकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

३७ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको नेपाल पुर्नबीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी सेयर कारोबार भएको छ ।