६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


श्रीनिवास मल्लको ३ सय ५४ वर्ष पुरानो स्वर्ण सिंहासन प्रदर्शन


0
Shares

काठमाडौं, असार १० । तत्कालिन पाटन राज्यका राजा श्रीनिवास मल्लको ३ सय ५४ वर्ष पुरानो स्वर्ण सिंहासनको बिहीबार ललितपुरमा प्रदर्शन गरिएको छ ।

कृष्णमन्दिरको प्रांगणमा शेषनागसहितको सिंहासन प्रदर्शन गरिएको हो । वर्षभरिमा सवैभन्दा लामो दिन मानिने जेष्ठ पूर्णिमाको दिन उक्त सिंहासन प्रदर्शन गर्ने परम्परा छ ।

पाटन ओकुवहाल बस्ने जोधाजु शाक्यले वि.स. १७२४ शुक्ल अष्टमी वृहस्पतिका दिन सम्यक महादान गरी राजा श्रीनिवास मल्ललाई सो सिंहासन चढाउनु भएको थियो ।

सिंहासन सर्वसाधारणका लागि प्रदर्शन गर्दा वर्षा हुने जनविश्वास रहेको छ ।

सोही अवसरमा सिद्धिनरसिंह मल्लको जीवनसँग सम्बन्धित ३ सय ८५ वर्ष पुरानो पौभा चित्र पनि प्रदर्शन गरिएको थियो ।

४ सय १ वर्ष अगाडी राजा सिद्धिनरसिंह मल्लले रचेको ३२ रागको परम्परागत शास्त्रीय संगीत पनि प्रस्तुत गरिएको थियो ।