
काठमाडौं, असार १० । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गर्नुभएको छ ।
मन्त्रीपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयद्धारा बिहीबार जारी विज्ञप्तीमा उल्लेख छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्