
बर्दिया, असार ११ । नेपाली कांग्रेस बर्दिया पार्टी कार्यालयमा दुई महिनाअघि लगाइएको ताला शुक्रबार खोलिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय दीपक गिरी, सुरेन्द्र पाण्डे र नेपाली काँग्रेस बर्दियाका सभापति संजय कुमार गौतमको संयुक्त उपस्थितिमा पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको हो ।
कृयाशील सदस्यता नविकरण तथा लेविलगायतका विषयमा विवाद भएपछि बैशाख ७ गते पार्टी कार्यालय बन्द गरिएको थियो भने तीन दर्जन बढी नेताहरुले संयुक्त हस्ताक्षर गर्दै राजीनामा दिएका थिए ।
पार्टीभित्र आन्तरिक असमझदारी भएको र यो ठूलो विवाद नभएकाले सवै निकास खोजिने नेपाली कांग्रेस बर्दियाका सभापति संजय गौतमले बताउनुभयो ।
पहिला राजीनामा दिएका नेताहरुलाई फर्काउने तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्