
web pic
बर्दिया, असार ११ । बर्दियाको गेरुवा गाँउपालिकाका विभिन्न बस्तीमा पसेर घरपालुवा जनावर खान पल्केको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएकाे छ ।
गेरुवा– ४ शान्तिपुर ढुकुनियाको पाताल चुली सामुदायिक वनबाट बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले बिहीबार नियन्त्रणमा लिएकाे हाे ।
क्यामेरा राखेर नियमित निगरानी गर्दा वाघ पक्राउ गर्न सफल भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएकाे बाघलाई निकुञ्जको बवइ भ्यालीमा रहेको गुठी क्षेत्रमा राखिएको छ ।
बाघ नियन्त्रणमा लिएसँगै स्थानीयले राहत महसुस गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्