२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन


0
Shares

११ असार, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई अध्यक्ष तिमिल्सिनाले निर्देशन दिनुभएको हो ।

यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग संसद बैठक बारे परामर्श गर्नुभएको थियो ।