१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चीनको एक विद्यालयमा आगलागी, १८ जना विद्यार्थीको मृत्यु


0
Shares

एजेन्सी । चीनको एक मार्सल आर्ट बिद्यालयमा आगलागी हुँदा १८ जना बिद्यार्थीहरुको मृत्यु भएको छ ।

चीनको हेनान प्रान्तमा रहेको बिद्यालयमा भएको घटनामा मारिनेमा अधिकांश ७ देखि १६ बर्ष उमेर समूहका बालबालिका रहेका छन् ।

३४ जना बिद्यार्थी रहेको सो बिद्यालयमा १६ जना बिद्यार्थी घाइते भएका छन् ।

बिद्युत शर्ट भइ आगो लागेको चिनिया अधिकारीहरुले जनाएका छन् ।

आगलागिको कारण बिद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।