
काठमाडौं, असार ११ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमणबाट मृत्यु छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ ।
यस्तै गत २४ घण्टामा ५ हजार ४५५ संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ४२७ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ३०८, ललितपुरका ७६ र भक्तपुरका ४३ जना संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्