
तस्बिर फाइल
धनकुटा, असार ११ । कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले असार १८ गतेसम्म जिल्ला भर लागू हुने गरि निषेधाज्ञाको समय थप गरेको छ ।
हाल जारी निषेधाज्ञा शुक्रबार राती १२ बजेसम्मका लागि भएकाले केही खुकुलो गरी निषेधाज्ञा एक साता थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो ।
अत्यावश्यक सेवाका पसल विहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म र तरकारी, फलफुल मासु तथा दुधको पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न पाइने बताइएको छ ।
बैंक तथा वित्तिय संस्था खुल्ला हुने समयलाई पनि केही खुकुलो बनाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्