६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


वीपी प्रतिष्ठानका उपकुलपती डा. गिरीलाई तीन दिनभित्र हाजिर हुन चेतावनी


0
Shares

सुनसरी, असार ११ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन चेतावनी दिइएको छ ।

डा. गिरीलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन धरानका विभिन्न नौ राजनैतिक दल र नागरिक दवाव संजालले चेतावनी दिएका हुन् ।

प्रतिष्ठान सुधारको माग राखेर धरानका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिष्ठानका चिकित्सक कर्मचारीहरुले आन्दोलन थालेपछि १३ दिनदेखि प्रतिष्ठानका उपकुलपती गिरी सम्पर्क वहिन बनेका छन् ।

पन्ध्र महिना अगाडी गिरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको उपकुलपती नियुक्त गर्नु भएको थियो ।

गिरि उपकुलपती भएपछि प्रतिष्ठानको कार्य सम्पादन राम्रोसँग नगरेका कारण प्रतिष्ठानको अवस्था कमजोर भएको भन्दै प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र धरान नागरिक दवाव समुहले छुट्टा छुट्टै आन्दोलन थालेका थिए ।