
हेटैंडा, असार ११ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती प्रदेशका १० जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई १२ थान भ्यान र १६ थान मोटरसाइकल प्रदान गरेको छ ।
हेटौंडामा शुक्रबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा र मातहतका जिल्ला तथा प्रहरी कार्यालय प्रमुखलाई सवारी साधन हस्तान्तरण गर्नुभएको हो ।
सुरक्षा र सुशासनलाई सहज बनाउन प्रदेश सरकारले सवारी साधन प्रदान गरेको मन्त्री पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्