२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


१३ औं महाधिवेशनको घाइते हुँ : रामचन्द्र पौडेल


0
Shares

काठमाडौं, असार ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आफूपक्षीय नेताहरुसँगको छलफलमा नेता पौडेलले आफु १३ औं महाधिवेसनमा सभापतिमा पराजित भएर घाइते भएको भन्दै सहयोगका लागि आग्रह गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा नेता अर्जुननरसिंह केसीले प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालालाई विमलेन्द्र निधिसँग भएको छलफलका विषयमा प्रश्न गर्नुभएको थियो ।

जवाफमा नेता सिंहले १३ औं महाधिवेशनमा पराजित नेताहरुलाई अभिभावक बन्न आग्रह गर्नुभएको थियो । उहाँले निधिले सभापतिमा सहयोग गर्न आग्रह गरेकामा आफुले पनि सोही सहयोग खोजेको जानकारी दिनुभयो ।

बैठकमा गगन थापा, डा. मिनेन्द्र रिजाल लगायतका नेताहरुले सभापतिका आकाँक्षीहरु एक ठाउँ बसेर विषयलाई टुंगोमा पु¥याउन र पद बाँडफाँड गर्न आग्रह गरेका थिए । बैठकमा क्रियाशील सदस्यता छानविन मापदण्डको विषयमा बहस भएको थियो । एक नेताका अनुसार समितिले तयार पारेको मापदण्डमा शीर्ष नेताहरुले प्रश्न उठाएका थिए ।

क्रियाशील छानविन समिति सदस्य प्रदीप पौडेलले भने मापदण्डमा सहमती नजुटाउने हो भने महाधिवेसन नै नहुने भएकाले चाँडों विवाद टुंग्याउन अनुरोध गरेको एक नेताले जानकारी दिए ।