२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाल ओलम्पिक कमिटी र केल्मीबीच सम्झौता


0
Shares

काठमाडौं । नेपाल ओलम्पिक कमिटी र केल्मीको आधिकारीक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रबार प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।

टोकियो ओलम्पिक २०२० सहभागी हुने नेपाली टोलीको लागि केल्मी ब्राण्डको खेल पोशाक, किटब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो ।

सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेको बताए ।

अहिलो टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भए पनि लामो समयसम्म सहकार्य र साझदारी गर्न छलफल भएको उनको भनाइ छ ।

केल्मीले यसअघि एन्फा, विभागीय टोली, तेक्वान्दो, करातेलाई प्रायोजन गरेको र भलिबलसंग सहकार्य गर्दै आएको छ ।