
काठमाडौं, मंसिर १ ।
सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले आज काठमाडौमा प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा भेला भएर उनीहरुले सीमामा भएका ज्यादती सह्य नहुने चेतावनी दिए ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले समेटेको भन्दै त्यसको चर्को विरोध गरेका हुन् ।
भारतले तत्काल नक्सा सच्याउनुपर्ने उनीहरुको माग छ । प्रदर्शनका क्रममा विद्यार्थीहरुले माइतीघर मण्डला परिक्रमा गर्न खोज्दा प्रहरीसंग केही बेर झडप समेत भएको थियो ।
यसअघि, नेपाल विद्यार्थी संघले लैनचौरस्थित भारतीय दूतावास अगाडि गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा नेविसंघका केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्