५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


डडेल्धुराको सुनखोला नदीमा पुल निर्माण


0
Shares

डडेल्धुरा, असार १३ । वर्षेनी धनजनको क्षति पुर्‍याउँदै आएको डडेल्धुराको सुनखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

डडेल्धुराको भित्रि मधेश उपत्यकामा रहेको सुनखोलामा करिब १० करोड रुपैयाँको लागतमा ७८ मिटर लम्बाई र १० मिटर चौडाइको सडकमा पक्की पुल बनेपछि आलिताल गाउँपालिकाका २५ हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् ।

पुल नहुँदा वर्षामा बाढीले दर्जनौ मानिस, गाईवस्तु तथा खेतबारी बगाउने र आपतकालीन सेवाबाट पनि बञ्चित हुनुपर्ने अवस्था रहेको छ ।

तटबन्धसहित मोटरेबल पुल बनेपछि आलितालका स्थानीय सेवाग्राहीलाई सहज र सुविधा हुने गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङ्गले बताउनुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाको पहलमा दुई वर्ष अघिदेखि शुरु गरिएको पुल निर्माण कार्यको ६० प्रतिशत काम भइसकेको जनाइएको छ ।