
काठमाडौं, असार १३ । आइतबार शेयर बजारमा सुधार आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंकले उकालो लागेर २८ सय ७० कायम भएर थामियो ।
गत बुधबार उल्लेख्य सुधार आएको बजार विहीबार ओरालो लागेको थियो ।
आइतबार कारोबार भने ७ अर्ब हाराहारीमा खुम्चियो । यस दिन आधा भन्दा बढी समूहमा हरियाली छायो । जलविद्युत, व्यापार, वाणिज्य बैंक र उत्पादनमूलक समूहमा दोहोरो अंकको सुधार आयो ।
अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूह सामान्य अंकले हरियो रहे ।
विकास बैंक, होटल तथा पर्यटन, वित्त र बीमा समूह दोहोरो अंकले ओरालो लागे ।
यस दिन नेपाल स्टक एक्चसेन्जमा २ सय २७ कम्पनीको २ करोड बढी कित्ता शेयर जम्मा ७ अर्ब १७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्