
काठमाडौं, मंसिर १ । नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ प्रदान गरिएको छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले चित्रकार मानन्धरलाई सम्मान गर्नुभएको हो । पुरस्कारको राशी ५० हजार रहेको छ ।
पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थको ७६ औ जन्मोत्सवको अबसरमा यो पुरस्कार प्रदान गरिएको हो ।
क्षेत्रलाल कायस्थ प्रतिष्ठानद्वारा स्थापित पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिंदै आएको छ । सोही अवसरमा शताब्दी पुरुष जोशीले कलाकार कायस्थको एकल चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरियो ।
समुद्र सतहदेखि हिमाल पारीसम्म नाम दिइएको प्रदर्शनी नेपाल कला परिषद बबरमहलमा ४ दिनसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्