
तनहुँ, असार १३ । असारको दोस्रो साता सुरु हुदाँ तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
पानी परेपछि जिल्लाका विभिन्न फाँटहरुमा कृषकले धमाधम रोपाइँ गर्न सुरु गरेका छन् ।
असार लाग्नासाथ वर्षा भएपछि यसबर्ष गत वर्षभन्दा छिटो रोपाइँ सुरु गरिएको कृषी ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
गतवर्ष असारको सुरुमा पानी कम परेको भए पनि यसवर्ष सुरुमै पानी परेकाले कृषकले धमाधम रोपाइ गरेका हुन् ।
जिल्लाको भिमाद, शुक्लगण्डकी, भानु, व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा यतिखेर रोपाइ गर्न कृषकलाई भ्याइनभ्याइ छ ।
सावित्री, रामधान, लोकतन्त्र, सुवर्ण, शान्ति, मकवानपुरे, मंसुलीलगायतका धान कृषकले खेतवारीमा लगाउने गरेका छन् ।
भानु नगरपालिकाको चुँदी, व्यास नगरपालिकाको साँगेफाँटलगायतका ठाउँ धानको पकेट क्षेत्र मानिन्छ ।
तनुहूँमा कुल १२ हजार ६ सय हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुदैँ आएको कृषी ज्ञान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्