१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश


0
Shares

काठमाडौं, असार १३ । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्तिका लागि गरिएको सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता दिपक मिश्रले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाश कुमार ढुङ्गानाको संयुक्त ईजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म सिफारिस कार्यान्वयन नर्गन सरकारको नाममा अन्तरिम आदेश जारि गरेको हो ।

गत बैशाख २५ गतेको मन्त्रीपरिषद् बैठकले पूर्वमन्त्री कार्कीलाई बहराइनको आवसीय राजदुत नियुक्त गर्न सिफारिस गरेको थियो ।

सर्वोच्चले यसअघि राजदूतमा सिफारिस हुने व्यक्तिको योग्यता सम्बन्धी मापदण्ड परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो ।

सोही आदेशको अधारमा सर्वोच्चले आजको आदेश गरेको हो ।