
स्याङजा, असार १३ । गल्याङमा चितुवाको आक्रमण एक जना घाइते भएका छन् ।
घाइते हुनेमा गल्याङ नगरपालिका ७ फाँट स्थिति पुल्चोक बस्ने ३८ वर्षिय लालबहादुर बिक हुन् ।
घाइते बिकको गल्याङ नगर अस्पताल गल्याङमा सामान्य उपचारपछि घर फर्किएका छन् ।
गल्याङ नगरपालिका ७ फाँट पुलचोकस्थिति खड्क बहादुर गाहा मगरको बंगुरको खोरमा पसेको चितुवाले तीन वटा बंगुरका पाठीपाठीलाई आक्रमण गरेको थियो ।
चितुवाको आक्रमण परी खोरमा रहेका तीन वटा बंगुरका पाठीपाठी मरेका छन् ।
चितुवाले स्थानीयलाई समेत आक्रमण गर्न खोजीपछि प्रहरीले गोली हानेर त्यसलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले चलाएको गोली लागेर चितुवा मरेको छ भने प्रहरीले चितुवालाई शव डिभिजन वन कार्यालय गल्याङको जिम्मा लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्