
मकवानपुर, असार १४ । बागमती प्रदेशको हेटौंडा अस्पतालमा सोमबारदेखि डायलाइसिस सेवा सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा सुरु भएको डायलाइसिस केन्द्रको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभयो ।
अस्पतालमा सेवा विस्तार गर्ने क्रममा डायलाइसिस सेवा सुरु गरिएको हो ।
यसअघि हेटौंडाको नीजि अस्पताल चुरेहिल अस्पतालले मात्रै डायलाइसिस सेवा दिँदै आएको थियो । हेटौंडा अस्पतालले तत्कालका लागि दैनिक ११ जना मृर्गौलाका बिरामीलाई सेवा दिइने अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाइँले जानकारी दिनुभयो ।
अस्पतालमा ५ वटा डायलासिस मेसिन जडान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्