१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बाँकेका युवा अर्गानिक तरकारी खतीबाट राम्रो आम्दानी गर्दै


0
Shares

काठमाडौं, असार १४ । वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

बैजानाथ गाँउपालिका वडा नं. ४ तिलकपुरका तुल्सीराम थारु ४ बर्ष वैदेशिक रोजगारमा काम गरेर घर फर्केका हुन् ।

उनी अहिले ११ कट्ठा जमिनमा तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । यस वर्ष २ कट्ठा जमिनमा करेला खेती गरेर करिब १८ क्विन्टल करेला बिक्रि गरिसकेकाछन् भने अझै पनि बिक्रि गर्न सकिने गरी उत्पादन भइरहेको छ, बिक्रि पनि गरिरहेका छन् ।

तरकारी खेतीका लागि बनाइएको टनेलमा प्रयोग गरीने डोरी एक महिनामै कुहिएर जान थालेपछि उनले खेर गएका प्लाष्टिकका बटलबाट डोरी बनाएर टनेलमा प्रयोग गरिरहेका छन् ।

तरकारी खेतीमा विषादी प्रयोग नगरेको र अर्गानिक तरकारी उत्पादन गरीरहेको उनको दाबी छ ।

युवा कृषक तुल्सीरामलाई प्रदेश सरकारले सञ्चालन गरेको स्मार्ट कृषि गाँउबाट तरकारी खेतीका लागि प्रयोग हुने हरेक सामग्री उपलब्ध गराएको छ ।

उनको तरकारी खेतीमा करेलासँगै काँक्रो, खुर्सानी, लौका, भिन्डी, फर्सि लगायतका तरकारीहरु छन् । प्रदेश सरकारबाट अनुदान सहितको सहयोग पाइरहेको उनले बताए ।

कृषक तुल्सीराम आफुले कृषिमा मेहनत गरिरहेको बताउँछन् । सरकारले वातावरण बनाइ दिए युवाहरु कृषि पेसामा आवद्ध हुने उनको भनाई छ ।

उनी युवाहरुलाई विदेश नजानको निम्ति आग्रहगर्छन् । नेपालमै बसेर अर्गानिक तरकारी उत्पादन गरी आम नेपालीलाई निरोगी बनाउन युवाहरुले भुमिका खेल्नुपर्ने उनको सुझाब छ ।