२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


त्रिभुवन विमानस्थलमा प्रति १० मिनेटमा एक उडान


0
Shares

काठमाडौं, असार १४ । असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गरिने भएको छ ।

यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले सञ्चालनको तयारी गरिएको जनाएको छ ।

विमानस्थलले भीडभाड नहुने गरी उडान सञ्चालनका लागि १० मिनेटको अन्तरालमा एक उडानको व्यवस्था गरेको जनाइएको छ ।

वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान सङ्ख्याका आधार १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको जनाइएको छ ।

विमानस्थलले सुरक्षा मापदण्ड पालना र जोखिम न्यूनीकरणका लागि कार्यान्वयन समिति र सुपरिबेक्षण समिति समेत गठन गरेको जनाएको छ ।

नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी यही असार १७ गते देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण लाई निर्देशन दिएको थियो ।

नियमित आन्तरिक उडान सञ्चालन हुने निर्णयसँगै वायुसेवा कम्पनीहरु पनि जनस्वास्थ्यको मापदण्डका पालना गर्दै उडानको तयारीमा जुटेका जनाइएको छ ।

संक्रमण बढेसंगै महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो ।