२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आइएमई फाउन्डेसनद्वारा शुक्रराज अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण


0
Shares

काठमाडौं, असार १४ । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ ।

फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको जनाइएको छ ।

फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाको लागि एक करोड अठ्ठाइस लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको जनाएको छ ।