२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


स्याङजामा असार २५ गतेसम्मका लागि निषेधाज्ञा थपियो


0
Shares

स्याङजा, असार १५ । स्याङ्जामा असार २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

असार १५ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ ।
जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ ।

जिल्लामा मात्रै सञ्चालन गर्नेगरी निजी र सरकारी सवारी साधनमा जोर बिजोर प्रणली शुरु भएको छ । तर सार्वजनिक सवारीसाधनले पुर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई ५० प्रतिशत मात्रै यात्रु चडाउन पाइने भएको छ ।

बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्ग हुँदै अन्य जिल्ला जाने यात्रुवाहक सवारी साधनहरुबाट जिल्ला भित्र यात्रु चढाउन र ओराल्न नपाउने गरी आवागमन गर्न बाधा नपर्ने ।

औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ देखि साझ ६ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।

अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।
स्याङजामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहरसँगै जिल्लामा हालसम्म ९६ ज्यान गुमाएका छन् भने ३ हजार २ सय ४६ जना संक्रमित मध्ये हाल २ सय ३२ सक्रिय संक्रमित रहेका छन् ।