
अर्घाखाँची, असार १५ । अर्घाखाँचीमा असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।
मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले निषेधाज्ञा केही खुकुलो गरि लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस अघि १५ गतेसम्म जारी गरिएको निषेधाज्ञामा किराना पसल र अत्यावश्यक सामग्रीका पसल दिउँसो ४ बजेसम्म खुल्दै आएकोमा अब देखि बिहान ५ बजे देखि साझँ ६ बजे सम्म नेपाल सरकारले तोकेका स्वस्थ्य मापदण्ड पुरा गरि खोल्न पाईने प्रमुख जिल्ला अधिकारी विष्णु पौडे्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्