
पोखरा, असार १५ । किसानलाई असारे चटारो छ । माना रोपेर मुरी उत्पादन गर्ने लक्ष्य छ ।
मनसुन पनि जारी छ । सिँचाई नभएको ठाँउमा आकासे पानीको भरमा धान रोप्नुपर्ने बाध्यता छ । त्यसमा पनि यस वर्ष कोरोना र लकडानका कारण किसानलाई अझ अप्ठेरो पारेको छ ।
पोखरामा पर्यटन प्रर्वद्धन गर्न पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव गर्दै आएपनि दुई वर्षदेखि कोरोनाका कारण महोत्सव पनि हुन सकेन । पर्यटन व्यवसायी, पर्यटकहरु र अन्य व्यक्ति असार १५ मा हिलोमा खेल्दै रमाउने गर्थे ।
तर महोत्सव हुन नसकेपछि किसानहरु मात्रै खेतमा छन् । सरकारले असार १५ मा धान दिवसको रुपमा मनाउदै आएको छ ।
पोखरा र आसपासका क्षेत्रमा रहेका विरुवा फाँट, कुँडहर फाँट, हेमजा फाँट, ठुलाखेत फाँट, फेवा फाँट, लेखनाथ क्षेत्रका फाँटहरुमा धेरै धान उत्पादन हुने गर्दछ ।
लकडाउनले गर्दा सार्वजनिक यात्रायात नचल्दा किसानले दुःख पाएका छन् । पछिल्लो समयमा जोत्नका लागि गोरु पाउन छाडेपछि ट्याक्टरको प्रयोग बढेको छ ।
पोखरामा पोखरेली जेठोबुढो धान उत्पादनका लागि प्रख्यात छ । यहाँ उत्पादन भएको धान बाहिरी जिल्लामा समेत जाने गरेको छ ।
पोखरा र आसपासका क्षेत्रमा करिब ४० प्रतिशत रोपाई सकिसकेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकाररुी गराउर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्