
काठमाडौं, असार १५ । चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहका ४ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर चागुनारायणका मधु सिलवाल र अरुण खड्का तथा काठमाडौं बस्दै आएका कमल भट्ट र रेवति रमन निरौला रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट दुईवटा क्रेटा गाडी समेत बरामद गरेको महानगरिय अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङ्गले बताउनुभयो ।
महाशाखाको टोलीले उनीहरुको साथबाट विभिन्न १९१ कार्यालयको ठाप तथा २ सयभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्र समेत बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्