१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अब सार्वजनिक सवारी लामो समयसम्म एकै स्थानमा रोक्न नपाउने


0
Shares

काठमाडौं, असार १५ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारी साधनलाई ‘पिक एण्ड ड्रप’ प्रणालीमा सञ्चालन गर्ने भएको छ ।

महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारी साधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकि बस्न पाउने छैनन् ।

साथै उनीहरुले खुल्लामञ्चमा सवारी पार्किङ समेत गर्न पाउने छैनन् । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो ।

अहिले खुल्लामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरहरुले महानगरको निर्णयको विरोध गर्दे आएका थिए ।

महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा संग बसेर छलफलमा आरएनएसी आसपास, न्युरोड गेट अगाडि र विर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाउने सहमति भएको महानगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो ।

उहाँले यातायात व्यवसायी तथा मजदुरका प्रतिनिधिसंगको लामो छलफल पछि खुल्लामञ्चमा भएको बसपार्कलाई सिल्ड गरेको उल्लेख गर्दे मंगलबारको छलफलमा आरएनएसीको आसपास, न्युरोड गेट अगाडि र विर अस्पतालको अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाउने सहमति भएको बताउनुभयो ।