२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतमा आयोजना हुने भनिएको आईसीसी टी-ट्वान्टी युएई र ओमानमा हुने


0
Shares

काठमाडौं । भारतमा आयोजना हुने भनिएको आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुने भएको छ ।

भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएई र ओमानमा सारिएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज विश्वकप युएई र ओमानमा सारिएको जनाएको छ ।

आईसीसीले प्रतियोगिताको आयोजक भने भारतीय क्रिकेट बोर्ड (बीसीसी) नै रहने जनाएको छ । आईसीसीले विश्वकप युएईको चार र ओमानको एक मैदानमा गर्ने गरी तयारी भएको जनाएको छ ।

१६ टिमले प्रतिस्पर्धा गर्ने विश्वकप अक्टोबर १७ बाट सुरु हुनेछ । फाइनल खेल नोभेम्बर १४ मा हुनेछ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट सकिएको दुई दिनपछि विश्वकप सुरु हुने बताईएको छ ।

कोरोनाको कारण आईपीएलको बाँकी खेलहरु युएईमा हुदैछ । आईपीएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म गर्ने तालिका तय भएको छ । प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ ।

दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।