८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिनाको जेल सजाय


0
Shares

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ ।

दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्यूशनल कोर्टले जुमालाई अदालतको मानहानी गरेको आरोपमा १५ महिनाको जेल सजाय सुनाएको हो ।

ज्याकब जुमा राष्ट्रपति भएको समयमा भ्रष्टाचारको एक मुद्धाको अनुसन्धानमा आयोग समक्ष उपस्थित भएका थिएनन् ।

कन्स्टिट्युशनल कोर्टले उपस्थित हुन आदेश दिँदा पनि अनुसन्धान आयोग समक्ष नगएको उनीमाथि आरोप छ ।

सन् २०१८ मा ज्याकब जुमाको कार्यकाल समाप्त भएको थियो । पदमा रहँदा उनीमाथि भ्रष्टाचारका पनि थुप्रै आरोप लागेका थिए ।

अर्को एउटा मुद्दामा ज्याकब जुमाले अघिल्लो महिना आफूलाई निर्दोष भनेका थिए ।

९० को दशकको यो मामिलामा उनीमाथि ५ अर्ब डलरको रक्षा खरिदमा भ्रष्टाचारको आरोप लागेको छ ।