
सिन्धुपाल्चोक, मंसिर २ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रवादी बन्नका लागि भारतलाई नाकाबन्दी लगाउन लगाएको आरोप लगाएका छन् ।
संविधान जारी भएलगत्तै कांग्रेसलाई थप मजबुद् हुनबाट रोक्ने रणनीतिअन्तर्गत् नाकाबन्दी लगाउन लगाएको उनको आरोप छ ।
सोमबार सिन्धुपाल्चोकको भोटेकोसी गाउँगालिका वडा नम्बर–२ को वडा कार्यालय भवन शिलान्यास गर्दै बस्नेतले साँच्चिकै राष्ट्रवादी हो भने भारतीय प्रधानमन्त्रीसँग औपचारिक वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउन प्रधानमन्त्री ओलीलाई चुनौती दिए ।
सरकारले न्यायपालिका, व्यवस्थापिकालगायत सम्पूर्ण संयन्त्रमाथि हस्तक्षेप गरेको उनको भनाइ छ ।
दुईतिहाइको सरकार विकास निर्माणभन्दा भ्रष्टाचार गर्नमा तल्लिन रहेको बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस्