
काठमाडौं, असार १५ । माओवादी केन्द्र त्यागेर अरु पार्टीमा लागेपछि कारबाहीमा परेका दुई मेयरलाई सर्वोच्च अदालतले पनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमा सुनुवाइ गर्दै पनर्बहालीको आदेश जारी गरेको हो ।
निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै अदालतले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
‘प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरूले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारबाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्नूरनगराउनू’ आदेशमा भनिएको छ ।




प्रतिक्रिया दिनुहोस्