
पर्वत, असार १५ । सोमबार साँझदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड सुचारु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं ८ चुवाको भिरमा पहिरो झरेका कारण गए रातीदेखि नै सडक अबरुद्ध बनेको हो । उक्त स्थानमा सडक भन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरेपछि अवरुद्ध सडक मंगलबार दिनभरीको प्रयासपछि साँझदेखि सुचारु भएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार केहि बेर अघिदेखि सडक पुर्ण रुपमा सुचारु भएको छ । सडक सुचारु भएपछि सोमवार साँझदेखिनै अलपत्र बनेका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् । उक्त स्थानमा विगत देखिनै सामान्य वर्षा हुने वित्तिकै पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।
कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका स्थानबाट थप उपचारका लागि पोखरा लैजानुनपर्ने विरामीहरु प्रभावित बनेका थिए ।
सडकमा पहिरो आएपछि विद्युत पोल समेत भाँच्चिदा सोमबार राति देखि अबरुद्ध बनेको धौलागिरिका बागलुङ, म्याग्दी र पर्वतमा वितरण गरिएको विद्युत लाइन समेत ठूलो प्रयास पछि मंगलबार विहान ११ बजे मात्रै सुचारु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्