१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रेम चलाउनेलाई क्वाटरबाट हटाउँदै नेविसंघ


0
Shares

काठमाडौं, असार १५ । त्रिभुवन विश्वद्यिालय क्याम्पस प्रिन्सिपलको कार्यालयमा लगाइएको ताला ४ महिनापछि खुलेको छ ।

नेपाल विद्यार्थी संघ त्रिवि समितिले विश्वविद्यालयको नियम मिचेर २३ जना प्राध्यापक आवास गृहमा बस्दै आएको भन्दै गत फागुन १६ गते २४ घण्टाभित्र आवास खाली गर्न माग गरेको थियो ।

आवास खाली नभएपछि संघले विश्वविद्यालय क्याम्पस प्रिन्सिपलको कार्यालयमा तालाबन्दी गरेको थियो ।

केन्द्रीय क्याम्पस र नेविसंघबीच सहमति जुटेपछि ताला खोलिएको भए पनि कार्यान्वयनमा भने शंका रहेको संघले जनाएको छ ।

५ वर्षदेखि राजनीतिक आडमा बलमिच्याईँ तरिकाले उपप्राध्यापकहरु बस्दै आएको नदेख्ने विश्वविद्यालयले सहमति कार्यान्वयन गरिहाल्नेमा विश्वस्त हुन नसकिने उनीहरुको भनाइ छ ।

वरिष्ठ प्राध्यापक र प्राध्यापक तथा सम्बन्धित कर्मचारी बस्नुपर्ने आवासगृहमा नियमसंगत व्यपस्थापन नभएकाले एक हप्ताभित्र समिति गठन गरि प्राप्त स्ुझावका आधारमा समाधान गरिने बताइएको छ ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको सांघातिक हमलामा नेविसंघका पदाधिकारी जिम्मेवार रहेको भन्दै चलाउनेले अदालतमा मुद्दा दायर गरेपछि विश्वविद्यालयमा नेविसंघ समिति र चलाउनेको टकराव छ ।